कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बेंकले चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंक ३ करोड ७९ लाख रुपैयाँ घाटामा थियो ।
यस्तै, समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८२.४५ प्रतिशतले बढेर १६ करोड ४८ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ९ करोड ३ लाख ४६ हजार रूपैयाँ रहेको थियो । बैंकको सञ्चालन मुनाफा पनि ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंक ३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
त्यस्तै, वितरणयोग्य नाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।
बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० ८ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको छ ।
प्रतिक्रिया