Logo

कर्पोरेट-बजार

सिम्रिक एयरको उडानमा रोक 


GDP नेपाल
   २६ श्रावण २०८०, शुक्रबार


नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरले ४६ लाख रुपैया नतिरेको जनाउँदै सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने नतिरेको जनाउँदै कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको हो । 

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको जनाइएको छ । नागरिक उड्डयन निमयावली २०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको जनाइएको छ । 

सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए। कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह