Logo

Banner-news

मुकेश अम्बानीको सम्पत्ति ४८ अर्ब डलर, चिनियाँ धनाढ्यको भन्दा ७ अर्ब बढी


GDP Nepal
   १२ फाल्गुन २०७५, आइतबार


वासिङ्टन । भारतको रिलायन्स इन्ड्रस्ट्रिजका मुकेश अम्बानी विश्वका धनीहरुको सूचीमा १२ औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ४८ अर्ब डलर छ ।

अम्बानीसँगै विश्वका सर्वाधिक ५ सय धनीको सूचीमा भारतबाट १९ परेका छन् । तर, शीर्ष १० को सूचीमा भारतका कोही पनि परेका छैनन् ।

ब्लुमबर्ग अर्बपतिको सूचीमा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.२ अर्ब डलर छ । उनी अर्बपतिको सूचीमा १० औं स्थानमा छन् ।

२०१८ को जुलाईमा मुकेश अम्बानी एसियाकै सर्वाधिक धनी भएका थिए । उनले चीनकै ठूलो ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक तथा अध्यक्ष ज्याक मालाई पनि पछि पार्दै एसियाकै धनी भएका हुन् ।

ब्लुमबर्ग अर्बपतिको सूचीमा उनी १९ औं स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति ४१.६ अर्ब डलर छ । उनी चीनका सर्वाधिक धनी व्यक्ति हुन् ।

रिलायन्सको सेयर मूल्यमा भएको वृद्धिका कारण अम्बानीको सम्पत्तिमा वृद्धि हुन सहयोग पुगेको छ । २०१८ को फेब्रअरीदेखि हालसम्म रिलायन्सको सेयरमा ३३ प्रतिशतको वृद्धि भएको छ ।

अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस लामो समयदेखि विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा रहँदै आएका छन् । उनको कुल सम्पत्ति १ सय ३५ अर्ब डलर छ । यो ब्लुमबर्गमा समावेश शीर्ष ९ भारतीयको सम्पत्ति बराबर हो । सूचीमा दोस्रो स्थानमा रहेका माइक्रोसफ्टका सह संस्थापक बिलग गेट्सको कुल सम्पत्ति ९८.२ अर्ब डलर छ । यो बेजोसको सम्पत्तिभन्दा झन्डै ३७ अर्ब डलरले कम हो ।

प्रकाशित : १२ फाल्गुन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह