त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।
सोमबार ब्रेक शु बाट निकालिएको उक्त सुन आज गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएकोे नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन् ।
गाल्नुअघि सुन ६० किलो ७८९ ग्राम थियो । अब महाशाखाले तीन दिनभित्र उक्त सुनको गुणस्तर परीक्षण गर्नेछ। राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
प्रतिक्रिया