काठमाडौं । औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले उत्पादन तथा सेवामूलक क्षेत्रमा ४५ अर्ब लगानीको घोषणा गरेको छ । जसमध्ये हाल सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तारमा २० अर्ब र टेलिकममा २५ अर्ब लगानी गर्ने कम्पनीले जनाएको छ ।
चौधरी ग्रुपले चालू आर्थिक वर्ष (२०७५÷०७६) मा नेपालमा २० अर्ब लगानी गर्ने ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडेलले जानकारी दिए । उनका अनुसार यसमध्ये केही प्रोजेक्ट सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन् ।
पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिपर्पाेज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सि जी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादीजलविद्युत् आयोजनालगायत रहेका छन् ।
यस्तै, सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेकाउद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतकाउद्योग रहेका छन् ।
पछिल्लोपटक चौधरी ग्रुपको महत्वाकांक्षी प्रोजेक्टका रुपमा डिजिटल टेलिकम कम्पनी ‘सिजी लाइफसेल’ कार्यान्वयनको तयारीमा छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने अनुमान छ । नियामक निकायबाट अनुमति पर्खिरहेको यस कम्पनीका लागि पुँजी तथा प्रविधि बाह्य कम्पनीबाट भित्र्याइने छ ।
पौने १० अर्ब राजस्व
आर्थिक बर्ष २०७४÷०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजस्वमा ९ अर्ब ६७ करोड रुपैयाँ योगदान गरेका छन् । उक्त आर्थिक बर्षमा संकलनभएको कुल सरकारी राजश्वमाग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको छ ।
चौधरी ग्रुपले आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा आर्थिक बर्ष २०७४÷०७५ मा २२. ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त बर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२÷०७३ को तुलनामाभने यो राजश्व ७३ प्रतिशतले बढी छ । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो ।
सरकारी राजस्वमा उच्च योगदान पु¥याउन सकेकोमा आफूहरु गौरवान्वित रहेको भन्दै समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्– नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमाहाम्रो योगदान बढ्दै गएको छ । हामी उच्च व्यावसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदानपुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’










प्रतिक्रिया