Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने प्रस्तावसहित हिमालयन टाइम्स मिडियाले बोलायो साधारण सभा


GDP नेपाल
   ९ आश्विन २०८०, मंगलबार


हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज २७ गते साधारण सभा बोलाएको छ । सभा डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ ।आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह