Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने प्रस्तावसहित हिमस्टार उर्जा कम्पनीले बोलायो साधारण सभा


GDP नेपाल
   १० आश्विन २०८०, बुधबार


हिमस्टार उर्जा कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक ४ गते साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौंमा बिहान ११ बजेलदेखि सुरु हुनेछ ।

सभामा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)जारी गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ लाख १९ हजार कित्ता बराबरले हुन आउने ११ करोड १९ लाख मूल्यको आइपीओ जारी गर्न लागेको हो ।

यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्तसम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धि अनुसुचीहरुमाथि छलफल गरी पारित गन छ ।

यसका साथै सभाले आर्थिक वर्ष २०८०/२०६१ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गर्ने लगायतका प्रस्ताप पनि पारित गर्ने छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह