Logo

राजनीति

निगमलाई रविको प्रश्न: घाटा के हो ?


GDP नेपाल
   १४ आश्विन २०८०, आइतबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निक्र्योल गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ?’ उनले भने, ‘निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

त्यस्तै उनले, संविधान दिवसको अवसरमा दिएको आममाफिप्रति चर्को असन्तुष्टि पोखे । ‘राष्ट्रपति ज्यूले संविधान दिवसको दिनमा भोज राख्नु भएको थियो तर म सहभागि हुन सकिन् । तर संयोग बस त्यो भोज थिएन् । त्यो दिन दाहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछ । म खुसि छु त्यो पार्टीमा त्यो जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधान जसलाई लिएर यो देशले आशा भरोसा राखेको छ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिलले दिएका आममाफिप्रति रास्वपाले विरोध गर्दै आएको छ ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह