Logo

राजनीति

तरुण दलका केन्द्रीय सदस्य विश्वासविक्रम शाह फ्रेन्ड्स क्लबको अध्यक्षमा निर्विरोध


gdpnepal
   १४ आश्विन २०८०, आइतबार


ललितपुर । नेपाल तरुण दलका केन्द्रीय सदस्य विश्वासविक्रम शाह फ्रेन्ड्स क्लब कुपन्डोलको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार कुपन्डोल बैंक्वेट्समा भएको फ्रेण्ड्स क्लबको साधारणसभाले शाहलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

उनी यसअघि पनि फ्रेन्डसका क्लबको अध्यक्ष रहिसकेका छन् ।

फ्रेन्ड्स क्लब सन् १९७२ मा कोपुन्डोलमा पढ्ने कोठाको सुविधासहित बाल क्लबको रूपमा स्थापना भएको थियो।

स्थापना भएको दुई वर्षपछि क्लबले ूकोपुन्डोलका जनतामा खेलकुदको माध्यमबाट राम्रो स्वास्थ्यू भन्ने नाराका साथ आफ्ना सामाजिक गतिविधिलाई विविधीकरण गरेको छ।

अन्ततः फ्रेन्ड्स क्लबले आफूलाई एक प्रतिष्ठित स्थानीय खेलकुद क्लबको रूपमा स्थापित गर्‍यो र पछिल्ला केही वर्षसम्म यो फुटबल क्लबको रूपमा मात्रै रह्यो र समयसमयमा पढ्ने कोठाको सुविधा, रक्तदान, लागुऔषध दुरुपयोग विरुद्ध साइकल र्‍याली लगायतका सामाजिक गतिविधिहरू आयोजना गर्‍यो।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह