Logo

Banner-news

५८० करोड ऋण तिरेर मुकेश अम्बानीले भाइ अनिललाई जेल पर्नबाट जोगाए


GDP Nepal
   ६ चैत्र २०७५, बुधबार


नयाँदिल्ली । स्वीडिस उपकरण निर्माता इरिक्सनलाई ५ सय ८० करोड भारु बुझाउन नसके भारतका पूर्व धनाढ्य अनिल अम्बानी बुधबार जेल जानुपर्ने थियो । बैंकले समेत पत्याउन नसक्ने अवस्थामा उनका लागि व्यावसायिक रुपमा ऋण दिने कोही थिएनन्, थिए त मानवीय अथवा पारिवारिक सम्बन्धका कारण उनकै दाजु भारतकै धनाढ्य मुकेश अम्बानी ।

उनै मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । फोब्र्सको सूचीमा विश्वकै १३ औं धनी दरिएका मुकेशले अन्तिम समयमा आएर अनिलको ऋण तिरिदिएका हुन् ।

अनिलको रिलायन्स कम्युनिकेसनले स्वीडिस उपकरण निर्मातालाई मंगलबारभित्र ५ सय ८० करोड भारु तिर्नुपर्ने समयसीमा तोकिएको थियो ।
सन्ध्याकालीन समयमा विज्ञप्ति निकाल्दै अनिलले आफ्ना दाजु र भाउजू नीता अम्बानीलाई धन्यवाद दिएका छन् ।
“म मेरा दाजु मुकेश र भाउजू नीतालाई मेरो अप्ठ्यारो स्थितिका बेला साथ दिएर सहयोग गरेकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,” अनिल अम्बानीले भनेका छन् । “म र मेरो परिवार कृतज्ञ भएको छ र विगतभन्दा पर गएको छ । मेरो मन छोएको छ,” उनले थपे ।

सर्वोच्च अदालतको आदेशअनुसार ५ सय ५० करोड भारु र यसको ब्याज इरिक्सनलाई तिर्नुपर्ने भएको आरकमका प्रवक्ताले बताए । मार्च १९ सम्मको अवधिमा पनि अनिल अम्बानीले यो रकम नतिरेको भएर उनी जेल जानुपथ्र्यो ।

सोमबार टाट पल्टेका अनिल अम्बानीको स्वामित्वमा रहेको दूरसञ्चार सञ्चालक आरकमले ४५८.७७ करोड भारु तिरेको थियो ।
टेलिकमले पहिले नै १ सय १८ करोड भारु जम्मा गरेको आरकमले झन्डै ५ सय ८० करोड भारुको भुक्तानी गरेको छ । यसले स्वीडिस दूरसञ्चार निर्मातासँगको १८ महिना लामो विवादको अन्त्य गराएको छ । इरिक्सनले मर्मत सेवाका लागि बाँकी रकमको दाबी गरेको थियो ।

विषयसँग जानकार स्रोतका अनुसार मुकेशले इरिक्सनलाई झन्डै ४ सय ८० करोड भारुको भुक्तानी गरेको थिए । यो विषयमा आरकमले विस्तृत जानकारी भने गराएको छैन ।

प्रकाशित : ६ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह