Logo

Banner-news

स्मार्ट लाइसेन्सः दैनिक ८ हजार प्रिन्ट, साढे ४ लाख प्रतीक्षामा, १० लाख कार्ड किन्दै सरकार !


GDP Nepal
   ११ चैत्र २०७५, सोमबार



काठमाडौं । मुलुकमा लाइसेन्स परीक्षा पास गरेका तथा नवीकरणका लागि फर्म बुझाएको साढे ४ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका छैनन् । सरकारले समयमै कार्ड उपलब्ध गराउन नसक्दा सेवाग्राहीले हैरानी बेहोर्दै आएका छन् ।

सरकार भने १० लाख स्मार्ट कार्ड खरीद गर्ने योजनामा छ । यातायात व्यवस्था विभागले दश लाख कार्ड खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । ‘मास प्रिन्टर’बाट प्रतिदिन ८ हजार कार्ड छाप्ने भएकाले नयाँ कार्ड खरीदपछि यो समस्या नरहने विभागको भनाइ छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक ३ हजारमात्र छ ।

कार्ड छपाइका लागि ठेक्का आह्वान भइसकेको छ । कार्ड र मास प्रिन्टर खरीद गरेपछि सेवाग्राहीले समयमा नै चालक अनुमतिपत्र पाउन सक्नेछन् ।

अर्कोतर्फ संविधानले यातायातको जिम्मेवारी प्रदेश सरकारलाई दिए पनि चालक अनुमतिपत्रको छपाइ विभागले नै गर्दै आएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने भएको हो ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह