Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   १० मंसिर २०८०, आइतबार


नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले १४ करोड ९४ लाख ७६ हजार ५३९ रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ । यस्तै, नगदमा ७८ लाख ६७ हजार १८६ रुपैयाँ खर्च गर्नेछ । अब नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह