स्ट्यान्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले भूकम्प पीडितका लागि १ लाख अमेरिकी डलर (करिब १ करोड ३३ लाख रुपैयाँ) बराबर रकम ब्रिटिश रेडक्रसलाई दिएको छ । उक्त रकम ब्रिटिश रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्ने छ ।
बैंकले मानवीय सहायतास्वरुप प्रदान गरेको उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पपीडितको प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्ने बैंकको विस्वास छ ।
प्रतिक्रिया