Logo

Sub-banner

मोदीलाई रात्रिभोज: समयबजीदेखि पञ्चामृतसम्म


appharu
   २९ बैशाख २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा शुक्रबार साँझ रात्रिभोजको आयोजना गरे । निश्चित अतिथिमात्र निम्त्याइएको रात्रिभोजका परिकार भने मूलतः नेपाली नै थिए ।

रात्रिभोजको सुरुवात नेवारी खाना समयबजीबाट भएको थियो । यसपछि क्रमशः च्याउको सेकुवा, पुरी र आलुको तरकारी पस्किइएको थियो भने मकैको ढिँडो, निहुरो र भटमासको तरकारीपछि मःम र सिस्नुको झोल रहेको थियो ।

रात्रिभोजको मेन कोर्समा भने सेतो, कालो, जुम्ली र रातो भुजासँग गहुँ र फापरमिश्रित रोटी, पिँडालु हालेको कालो दाल, कुखुराको मासु, माछाको तरकारी, तोरीको झानेको साग, बोडी र सिमीको तरकारी रहेको थियो ।
यस्तै, मेन कोर्समै हरियो फर्सिको लेदो, इसकुसको तरकारी, मुस्ताङे आलु तारेको, गोलभेंडा, मुला, लप्सी र पीरो अचार रहेको थियो ।

धार्मिक प्रवृत्तिका मोदीका लागि भनेर डेजर्टमा पञ्चामृत सर्भ गरिएको थियो ।

रात्रिभोजमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो ।

प्रकाशित : २९ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह