Logo

बैंक / बिमा /शेयर

एनआइएमबी स्मार्ट रजिस्टर गर्ने ग्राहकलाई स्मार्ट फोन जित्ने मौका


GDP नेपाल
   १ पुस २०८०, आइतबार


नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विभिन्न अफरहरू सार्वजनिक गरेका छ।

अफर अन्तर्गत नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एनआइएमबी स्मार्टमा नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति सात दिनमा ५० जना) प्रयोगकर्ताहरूले एनआइएमबी स्मार्ट रजिस्ट्रेसनबापतको सम्पूर्ण रकम फिर्ता पाउने छन्।

साथै अफर अवधिभर ४ जना (प्रति १५ दिनमा एक जना) भाग्यशाली प्रयोगकर्ताले एक-एक थान स्मार्ट फोन जित्न सक्ने बैंकले जनाएको छ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई डिजिटल बैंकिङ प्रयोगमा उत्प्रेरित गर्नका लागि एफ वान सफ्टसँगको सहकार्यमा सञ्चालन गरिएको यो अफर पुस १ गतेदेखि माघ २९ गतेसम्म सञ्चालनमा रहनेछ ।

प्रकाशित : १ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह