काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल कार्यकाल समाप्त हुनुअघि बिदामा बसेको भोलिपल्टै संसदीय समितिले उनीविरुद्ध अकल्पनीय निर्णय गरेको छ ।
कार्यकाल दोहोर्याउन प्रयास गरिरहेका हमाललाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको निर्णयले धक्का पुगेको छ । जसका कारण उनको दोहोरिने सम्भावना समाप्त भएको छ ।
अध्यक्ष हमालले अकुत सम्पत्ति कमाएको आशंकामा लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाइ अनुसन्धान गर्न निर्देशन दिएको हो ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिंदा हमालले ठूलो भ्रष्टाचार गरेको आशंका गर्दै सम्पत्ति छानबीनको निर्देशन दिएको छ ।
लेखा समितिले यस विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ । समिति बैठकमा हमाल भने अनुपस्थित थिए ।
प्रतिक्रिया