Logo

मुख्य समाचार

बालकुमारी घटनाः ललितपुरका सीडीओ र प्रहरी प्रमुखलाई कारबाही किन नगर्ने ?


gdpnepal
   १३ पुस २०८०, शुक्रबार


काठमाडौं । बहालवाला मन्त्रीलाई गाडीबाट ओरालेर आक्रोशित युवाले सरकारी गाडीमा आगजनी गर्नु सामान्य घटना होइन ।

नेपालका ठूला राजनीतिक आन्दोलनमा पनि यस्ता घटना भएका थिएनन् । यसले राजधानीको सुरक्षा व्यवस्थाको गम्भीर कमजोरी देखाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरू यसअघि नै आन्दोलित थिए । उनीहरुको विद्रोहको रौद्र रुप शुक्रबार राजधानीमा देखिएको मात्र हो ।

मन्त्रीको गाडी जलाएपछि प्रहरीले बल प्रयोग गर्दा एक युवाको निधन भयो भने केही घाइते पनि भएका छन् ।

सुरक्षा संयन्त्रले समयमै उपस्थिति देखाउन नसक्ने, राज्यका गुप्तचर लगायतका अन्य निकायले यसबारे पूर्व जानकारी नपाउने हो भने प्रहरी प्रशासन र गृह प्रशासनको औचित्य के हो भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ ।

घटनाका सम्बन्धमा कुनै समिति वा आयोग गठन गरेर वा सुरक्षाका लागि कर्फ्यु लगाएर सरकारले झारा टार्न पाउँदैन । ललितपुरका जिम्मेवार प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तत्काल निलम्बन गरेर दण्डहीनतको अन्त्य गराउनुपर्छ र भविष्यमा यस्ता घटना हुन नदिन सरकारी अधिकारीरुलाई जिम्मेवार बनाउनु आवश्यक छ ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह