काठमाडौं। राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।
लामिछानेलाई दोषी ठहर गरिए पनि सजाय भने तोकिएको छैन । पुस २५ गते अदालतले उनलाई सजाय निर्धारण गर्नेछ ।
कानुनतस् १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ।
लामिछाने विरुद्ध २०७९ भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
अदालतले पीडितलाई नावालिग भने स्वीकार गरेको छैन ।
प्रतिक्रिया