Logo

बिजनेस होम

आठौँ रियल इस्टेट एक्स्पो: ४० हजार दर्शकद्वारा अवलोकन, ३ अर्बको कारोबार


GDP नेपाल
   १६ पुस २०८०, सोमबार


आठौँ रियल इस्टेट एक्स्पो सम्पन्न भएको छ ।

पौष १२ देखि १५ गतेसम्म सञ्चालित यस एक्स्पोमा घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन तथा बैंकिङ्ग जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ-आफ्ना उत्पादनहरुको प्रदर्शन गरेका थिए ।

मेलामा साना ठूला गरी ६० भन्दा बढी स्टलहरु अवलोकनमा राखिएका थिए । मेला आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अनुसार मेला अवधिभरमा करीब चालिस हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका थिए । यस्तै, मेलामा करीब तीन अर्बभन्दा बढीको कारोबार भएको संघले जानकारी दिएको छ ।

संघका अनुसार एक्स्पोबाट योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्ट खरिद र बिक्रिमा संलग्न सरोकारवालाहरु थप उत्साहित भएका छन् । चार दिनसम्म संचालन भएको यस मेलामा दर्शकहरुले सुरक्षित तथा वातावरणमैत्री घरजग्गा तथा अपार्टमेण्टहरु बारे जिज्ञासा राख्नुका साथै मूल्य प्रतिस्पर्धा मार्फत् उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु खरिद बिक्रि सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गरेको संघको विश्वास रहेको छ ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह