Logo

बिजनेस होम

विदुषी राणा आइसल्याण्ड र मनिष थापा कोष्टारिकाको अवैतनिक महावाणिज्यदूत नियुक्त


gdpnepal
   २० पुस २०८०, शुक्रबार


काठमाडौं । रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नेछन् ।
विदुषी राणा किरण सुज (गोल्डस्टार शूज)का कार्यकारी निर्देशक हुन् । उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राणाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्वलाई जोड दिने विश्वास गरिएको छ । साथै उनको नियुक्तिसँगै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोष्टारिकाको महावाणिज्यदूतमा थापा
यसैबीच, कोस्टारिका सरकारले डा. मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै कोस्टारिका सरकारले डा. थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने महत्वपूर्ण कदम रुपमा हेरिएको छ ।

नेपाल र कोस्टारिकाबीच १६ अगस्ट १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह