मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । शनिबार सम्पन्न मानुषी लघुवित्तको विशेष साधारण सभाले श्रीजनशील लघुवित्तसँग गाभिने प्रस्ताव पारित गरेको हो ।
सभाले ७३.१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन समेत गरेको छ । गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो ।
सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
प्रतिक्रिया