Logo

अर्थनीति

नौ महिना नपुग्दै उद्योग विभागबाट बाबुराम गौतमको सरुवा, नयाँ महानिर्देशकमा यज्ञराज कोइराला


gdpnepal
   ५ माघ २०८०, शुक्रबार


काठमाडौं। सरकारले उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइरालालाई नियुक्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा सहसचिव रहेका कोइरालाले शुक्रबार पदबहाली समेत गरिसकेका छन् ।

विभागका महानिर्देशक बाबुराम गौतमले पद सम्हालेको ९ महिना पूरा नहुँदै उनलाई मन्त्रालयमा तानिएको छ । गौतम गत वैशाख दोस्रो साता महानिर्देशक भएका थिए । उनी अघिका महानिर्देशक रामचन्द्र तिवारी भने करिब डेढ वर्षपछि मात्र सरुवा भएका थिए ।

गौतमले विभागलाई गति दिन नसकेपछि कोइरालालाई पठाइएको मन्त्रीको सचिवालयका एक अधिकारीले बताए । गौतमको कार्यशैलीप्रति उद्योगीहरूको गुनासो बढेसँगै उनलाई मन्त्रालय तान्नु परेको ति अधिकारीको जिकिर छ ।

औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।

औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउँदै उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आवश्यकताअनुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमनका साथै भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने र औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्यसमेत विभागले गर्दै आएको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह