Logo

बैंक / बिमा /शेयर

घलेम्दी हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   ९ माघ २०८०, मंगलबार


घलेम्दी हाइड्रोपावरको सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयर अरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ।

यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो। सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।

 

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह