Logo

अर्थनीति

स्वर्णिम वाग्ले लक्षित विश्व पौडेलको टिप्पणीः दलहरु भेडाहरुको समूह हुनु हुँदैन !


gdpnepal
   ९ माघ २०८०, मंगलबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनको शेयर बिक्री गर्दा प्राप्त गरेको भनिएको चेकको वैधताका विषयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनको रक्षाकवचका रुपमा उभिएका डा. स्वर्णिम वाग्ले र अनिलकेशरी शाहका विषयमा सार्वजनिक टीकाटिप्पणी भइरहेको छ ।

लामिछानेको ‘व्यक्तिगत’ मुद्दामा पार्टीको तर्फबाट ‘डिफेन्स’ हुनु आफैंमा अमिल्दो देखिएको थियो भने सार्वजनिक छवि बनाइसकेका वाग्ले र शाहलाई त्यसमा संलग्न गराएर सभापति लामिछानेले उनीहरुको छविको दुरुपयोग गराएको विषय पनि यतिबेला बहसमा छ ।

वाग्ले र शाह रास्वपा प्रवेश गर्नुअघि नै सार्वजनिक जीवनमा ख्याती कमाइसकेका व्यक्तित्व हुन् तर उनीहरु आफैं अग्रसर भएर सभापतिको रक्षाकवच बन्न गए वा सभापति लामिछानेले उनीहरुलाई आफ्नो निजी मामिला सुल्झाउन दुरुपयोग गरे भन्ने प्रश्न उठेको छ ।

वाग्ले कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् । कांग्रेस छाड्दा उनले पार्टी नेतृत्वप्रति निकै संगीन आरोप पनि लगाएका छन् । भ्रष्टाचारका मामिलामा उनले लगाएका आरोपहरु गम्भीर छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले घुमाउरो भाषामा वाग्लेमाथि रास्वपा प्रवेश गरेर आफ्नो स्वतन्त्रता बन्धक बनाएको टिप्पणी गरेका छन् । वाग्ले र पौडेल कुनै समय निकट रहे पनि पछिल्ला दिनमा भने शत्रुतापूर्ण सम्बन्धमा छन् ।
पौडेलले गत आम निर्वाचनमा चितवन १ बाट कांग्रेसको टिकट पाए, जबकि सोही क्षेत्रमा वाग्ले पनि आकांक्षी थिए ।

पौडेलले बुधबार फेसबुकमा कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको अवस्थाबारे प्रष्ट्याउँदै एमाले र माओवादीमा त्यो स्थिति नरहेको लेखेका छन् ।

रास्वपाको नाउँ उल्लेख नगरी उनले ‘वान् म्यान शो’ भइरहेको टिप्पणी गरेका छन् । अर्थशास्त्री पौडेलले घुमाउरो भाषामा आफ्ना पूर्व सहयात्री वाग्लेलाई ‘रवि लामिछानेको लाचार छायाँ’को संज्ञा दिएका हुन् ।

यस्तो छ पौडेलको टिप्पणीः

एक महिना अघी जस्तोको कुरो हो।
उपप्रधानमंत्री पूर्ण वहादुर् खड्काको घरमा केही छलफल गर्न वहाँँले दुई जना महामंत्री (गगन थापा र विश्व प्रकाश शर्मा) र हामी अन्य दुई तिन जनालाई बोलाउनु भएको थियो। जाँदै गर्दा गगनजीले फोन गर्नुभयो, वहाँँहरुको “गुटको मिटिङ“ भएकोले आउन ढिलो हुनेभयो भनेर।
मेरो मनमा त्यो बेला झट्ट लाग्योः आजको दिनमा सभापतिको विरुद्ध खुलारुपमा आफ्नो समुहको मिटिङ राख्न सक्ने दल नेपाली काँग्रेस मात्र हो। पहिला एमाले पनि “भाइब्रेन्ट“ थियो। तर अहिले ओलीजीको विरुद्ध खुला मिटिङ राख्न सक्ने स्थिती छैन। माओवादीमा पनि त्यस्तो स्थिती छैन। बाँकी त झन “ओन म्यान शो“ भैरहेका छन।
सबै दलहरु भेडाहरुको समुह हैन, स्वतंत्र विचार राख्नेहरुको साझा मञ्च हुनसकुन। यही शुभकामना।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह