Logo

मुख्य समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९९‍.३२ प्रतिशत मतदान


gdpnepal
   ११ माघ २०८०, बिहिबार


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९९‍.३२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पूर्वनिर्धारित समय विहान ९ बजेदेखि दिउसो ३ बजेसम्ममा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलकf सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा 93 जनाले नै मतदान गरी 100 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा 271 जनाले मतदान गरी 99.27 प्रतिशत मतदान भएको छ । यसरी कोशी प्रदेशतर्फ कूल मतदाता ३६६ मा 364 जनाले मतदान गरेकोले 99.45 प्रतिशत मतदान भएको छ ।

मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा 106 जनाले मतदान गरी 99.07 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 267 मतदाता रहेकोमा 267 जनाले नै मतदान गरी 100 प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३74 मा 373 जनाले मतदान गरेकोले 99.73 प्रतिशत मतदान भएको छ ।

बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ 110 जना मतदाता रहेकोमा 108 जनाले मतदान गरी 98.18 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 237 मतदाता रहेकोमा 334 जनाले मतदान गरी 98.73 प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता ३47 मा 342 जनाले मतदान गरेकोले 98.56 प्रतिशत मतदान भएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ 60 जना मतदाता रहेकोमा 60 जनाले नै मतदान गरी 100 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 170 मतदाता रहेकोमा 169 जनाले मतदान गरी 99.41 प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता 230 मा 229 जनाले मतदान गरेकोले 99.57 प्रतिशत मतदान भएको छ ।

लुम्विनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ 87 जना मतदाता रहेकोमा 87 जनाले नै मतदान गरी 100 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 218 मतदाता रहेकोमा 216 जनाले मतदान गरी 99.08 प्रतिशत मतदान भएको छ । यसरी लुम्विनी प्रदेशतर्फ कूल मतदाता 305 मा 303 जनाले मतदान गरेकोले 99.34 प्रतिशत मतदान भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ 40 जना मतदाता रहेकोमा 40 जनाले नै मतदान गरी 100 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 156 मतदाता रहेकोमा 156 जनाले नै मतदान गरी 100 प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता 196 मा 196 जनाले नै मतदान गरेकोले 100 प्रतिशत मतदान भएको छ ।

सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ 52 जना मतदाता रहेकोमा 52 जनाले नै मतदान गरी 100 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 176 मतदाता रहेकोमा 173 जनाले मतदान गरी 98.30 प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता 228 मा 225 जनाले मतदान गरेकोले 98.68 प्रतिशत मतदान भएको छ ।

यसरी सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ 549 जना मतदाता रहेकोमा 546 जनाले मतदान गरी 99.45 प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ 1497 जना मतदाता रहेकोमा 1486 जनाले मतदान गरी 99.27 प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता 2046 मा 2032 जनाले मतदान गरेकोले 99.32 प्रतिशत मतदान भएको छ ।

सातै प्रदेशमा मतगणनाको कार्य निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ गर्ने तयारी भई रहेको र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह