काठमाडौं । छिमेकी मुलुक भारतको वार्षिक बजेट प्रस्तुतीमा वित्तमन्त्री निर्मला सीतारमणले कीर्तिमान कायम गरेकी छन् । उनले लगातार छैटौं बजेट प्रस्तुत गर्दै यो कीर्तिमान राखेकी हुन् ।
अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार लगातार छैटौं बजेट प्रस्तुत गरेर कीर्तिमान बनाएकको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । निर्मलाले ५ वार्षिक र १ अन्तरिम बजेट प्रस्तुत गरेकी छन् ।
भारतको इतिहासमा अहिलेसम्म यो उपलब्धि पूर्व प्रधानमन्त्री मोरारजी देसाईको हातमा थियो।
यस्तो अवस्थामा ६ पटक बजेट प्रस्तुत गरेर निर्मला सीतारमणले मोरारजी देसाईको बराबरी गरिन् ।
प्रतिक्रिया