Logo

कर्पोरेट-बजार

सीआईबीको ‘स्टन्ट’माथि अदालतको अंकुश, चौधरीसहित तीनैजना रिहा


gdpnepal
   २४ माघ २०८०, बुधबार


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सस्तो लोकप्रियताका निमित्त स्थापित व्यवसायी अरुण चौधरीलगायत तीन जनालाई पक्राउ गरेको विषयले मुलुकको औद्योगिक वातावरण नै बिग्रने जोखिम तत्कालका लागि टरेको छ । जिल्ला अदालतको सुझबुझपूर्ण निर्णयका कारण चौधरीलगायत पक्राउ परेकाहरु बुधबार रिहा भएका छन् ।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी शंकाको घेरामा भए पनि पक्राउ नगरी अनुसन्धान गर्न कुनै छेकबार थिएन । तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठको धरापमा परेको पद जोगाउन सीआईबीले अधिकार दुरुपयोग गर्दा मुलुकको निजी क्षेत्र नै आतंकित बन्ने अवस्था सिर्जना भएको थियो ।

निजी क्षेत्रका सबै संघसंस्थाहरुले सरकारी छानबीनमा सहयोग गर्ने बताए पनि चौधरीमाथि नियोजित रुपमा गरिएको पक्राउको भने विरोध गर्दै आएका थिए । चौधरीसहित तीनै जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बाध्यतावश हिरासतमुक्त गरेको हो। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह