Logo

मुख्य समाचार

प्रचण्डका घरबेटीसँगको सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन


gdpnepal
   २८ माघ २०८०, आइतबार


काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रामग्रामसम्बन्धी सम्झौता र कार्य खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

लुम्बिनी विकास कोषले केही समयअघि प्रधानमन्त्री प्रचण्डका पूर्व घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्राम स्तूप रहेको कोषको १२० बिघा जग्गा निजी कम्पनीलाई ९९ वर्षका निम्ति भाडामा दिएको भन्ने खबर बाहिरिएपछि समितिले लामालाई आइतबार बैठकमा बोलाएको थियो ।

बैठकमा उपाध्यक्ष लामाले लुम्बिनी विकास कोष र रामग्राम स्तूप क्षेत्रलाई भाडामा दिने विषयमा हालसम्म गरिएका निर्णयहरू पेस गरेका थिए ।

लेखा समितिले भने लुम्बिनी विकास कोषले निजी कम्पनी द प्रमिस्ड ल्यान्ड प्रालिसँग रामग्राम स्तूप क्षेत्रको अध्ययन–अनुसन्धान गर्ने गरी गरेको समझदारी खारेज गर्न निर्देशन दिएको छ ।

“लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएका सम्झौतालगायत सबै कार्यहरू आजैका मितिदेखि खारेज गर्ने गरी नेपाल सरकारलाई निर्देशन दिने,” निर्णय सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह