Logo

अर्थनीति

दुई प्रतिशत नेपाली कार चढ्छन्, चारमध्ये एक जनासँग मोटरसाइकल


gdpnepal
   २९ माघ २०८०, सोमबार


काठमाडौं । नेपालमा दुई प्रतिशत परिवारसँग कार रहेको एक अध्ययनले देखाएको छ । यस्तै, प्रत्येक चारमध्ये एक जनासँग मोटरसाइकल रहेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार कार र मोटरसाइकल चढ्ने नेपालीको संख्या उल्लेख्य रहेको पाइएको हो ।

सर्भेक्षणको नतिजाअनुसार ८.७७ प्रतिशतसँग कम्प्युटर रहेको छ भने २६.८९ प्रतिशतसँग रेफ्रिजेरेटर रहेको पाइएको छ । यस्तै, ६०.८५ प्रतिशतसँग फ्यान र ९३.५६ प्रतिशतसँग टेलिफोन तथा मोबाइल रहेको छ ।

सर्वेक्षणका अनुसार नेपालमा गरिबको दर २०.२७ प्रतिशत रहेको छ। यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ ले गरीबी दर २५.२ प्रतिशत रहेको देखाएको थियो।

नयाँ तथ्यांक अनुसार पाँचमध्ये एक नेपाली गरीबीमा रहेको देखिएको छ। प्रदेशका आधारमा सबैभन्दा कम गरीबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह