Logo

अर्थनीति

नेपालीको तरकारीभन्दा मासुमा बढी खर्च, फलफूल खर्च बढ्दा अनाज खर्च घट्यो !


gdpnepal
   २९ माघ २०८०, सोमबार


काठमाडौं । नेपालीले फलफूल खरिदका लागि गर्ने खर्च झन्डै दोब्बरले बढेको छ ।

सन् २०११ मा नेपाली घरपरिवारले कूल खर्चमध्ये ३ प्रतिशत फलफूलका लागि खर्च गर्ने गरेकोमा २०२३ मा आइपुग्दा ७ प्रतिशत पुगेको छ ।

पछिल्लो १२ वर्षमा फलफूलसँगै तरकारी र माछामासुमा गरिने खचै पनि बढेको छ । जसअनुसार सन् २०११ मा तरकारीमा १० प्रतिशत खर्चने नेपालीले अहिले १२ प्रतिशत पुर्याएका छन् ।

यस्तै, १२ वर्षअघि माछामासुका लागि कूल घरायसी खर्चको १३ प्रतिशत खर्चने नेपालीले अहिले भने १४ प्रतिशत पुर्याएका छन् ।

अनाज खरिदमा सन् २०११ मा ३४ प्रतिशत खर्चने नेपाली घरपरिवारले २०२३ सम्म आइपुग्दा १७ प्रतिशतमा सीमित गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्भेक्षणले यस्तो नतिजा देखाएको हो ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह