Logo

अर्थनीति

सरकारलाई झस्काउने माघको एफडीआई तथ्यांकः ३४ करोडका १५ परियोजना मात्र स्वीकृत


GDP Nepal
   १ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । वैशाखमा लगानी सम्मेलनको तयारीमा जुटेको सरकारलाई वैदेशिक लगानीको निराशाजनक तथ्यांकले चुनौती थपिदिएको छ ।

माघ महिनामा जम्मा १५ परियोजनाका लागि ३४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

माघको एफडीआई स्वीकृति चालू आवको त सबैभन्दा कम हुँदै हो, गत आवमा पनि यति न्यून परिमाणमा कुनै महिना एफडीआई स्वीकृत भएको थिएन ।

स्वदेशी लगानीकर्तामाथिको निरन्तर आक्रमण र पुराना कानुनका आधारमा लगानीमैत्री वातावरण बिगार्ने सरकारी रवैयाका कारण आन्तरिकसँगै वाह्य लगानी पनि आकर्षित हुन सकेको छैन ।

विभागका अनुसार माघमा दर्ता भएका उद्योगमध्ये १५ वटै साना लगानीका रहेका छन् । मध्यम र ठूला लगानी भने दर्ता भएका छ्रैनन् ।

अघिल्ला महिनामा देखिएको सुधारका कारण चालू आवको माघसम्म २२ अर्ब ६८ करोडका २४१ परियोजना स्वीकृत भएका छन् ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह