काठमाडौं । बहुचर्चित ललिता निवास भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीहरुले सफाई पाएका छन् भने सचिवहरूसहित कर्मचारी र व्यापारी दोषी ठहर भएका छन् ।
विशेष अदालतले बिहीबार फैसला सुनाउँदै पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाई दिएको छ ।
न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वसचिवहरू दीप बस्न्यात र छविराज पन्त लगायतलाई दोषी ठहर गरेको छ।
यस्तै, व्यापारीहरु मीनबहादुर गुरूङ, राम सुवेदी, शोभाकान्त ढकाललाई पनि भ्रष्टाचार गरेको ठहर गरेको छ ।
पूर्वसचिव दिनेश अधिकारीले भने सफाई पाएका छन् ।
दोषीहरु सबैजसोलाई अदालतले २ वर्ष कैद र ८० लाख जरिवाना सुनाएको छ।
प्रतिक्रिया