काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित ३ पूर्व सचिव र अध्यागमन डीजी रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पूर्वसचिवहरु डा. सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया