काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् ।
सोमबारदेखि राजधानीमा सुरु भएको महासमिति बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसबाट निर्वाचित स्थानीय तहको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले यस्तो प्रस्ताव गर्दा गोदावरीस्थित महासमिति बैठकहल तालीले गुञ्जायमान भएको थियो ।
उपसभापति गुरुङले पार्टीका नेताहरु व्यापारीजस्ता र व्यापारीहरु नेताजस्ता देखिएको भन्दै व्यंग्यसमेत गरे ।
प्रतिक्रिया