Logo

अर्थनीति

सरकारको किसानमैत्री निर्णयः दूध तथा दुग्ध उत्पादनको आयातमा पूर्ण रोक


gdpnepal
   ८ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । सरकारले किसानमैत्री निर्णय गर्दै दूध तथा दुग्ध उत्पादनको आयातमा पूर्ण रोक लगाएको छ ।

कृषि मन्त्रालयले फागुन २ गते मन्त्रीस्तरीय निर्णय गर्दै दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को निर्णय नभए सम्मका लागि स्थगित गर्ने निर्णय गर्दै कार्यान्वयनका निमित्त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायत मातहतका निकायमा लेखि पठाएको छ ।

मन्त्रालयले चिल्लो हटाइएको स्क्म्डि मिल्क, चिनी तथा अन्य गुलियो पदार्थ नहालिएको, डेरी ह्वाइटनर, नौनी, घ्यू तथा छुर्पी आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

यस्तै, पूर्ण प्रतिबन्ध लगाइएका अन्य वस्तुहरुमा प्रशोधित, भुजुरी वा धूलो नपारेको चीज एवं भुजुरी पारेको वा सबै प्रकारको चिजहरु रहेका छन् ।

दुध तथा दुग्धजन्य पदार्थहरुको बढ्दो आन्तरीक उत्पादनसँगै आन्तरिक खपत सोही रुपमा हुन नसकेको तथा बाह्य मुलुकमा सम्भाव्य वस्तुहरुको निर्यात हुन नसकेको भन्दै आयातमा प्रतिबन्ध लगाइएको हो ।

निरन्तर आयातको कारणले आन्तरीक दुध तथा दुग्ध जन्य पदार्थको अत्याधिक मौज्दात हुन गई सृजना भएको परिस्थितिका कारणले उद्योग संचालन गर्न कठिन भएको तथा कृषकहरुले दुध तथा दुग्ध जन्य पदार्थको विक्रि भएको उपजको समेत भुक्तानी पाउन नसकेको विषयलाई सम्बोधन गर्न प्रतिबन्धको निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, कृषकहरु तथा स्वदेशी उधोगहरुको संरक्षणका लागि आवस्यक पहल समेत गर्न आवस्यक देखिएकोले दुध तथा दुग्ध उत्पादनको सेफगार्डस, एन्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग सम्बन्धमा अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुरोध गर्ने निर्णय मन्त्रालयको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह