Logo

अर्थनीति

सात महिनामा आयात निर्यात दुवै घट्यो, ८ खर्ब ११ अर्ब व्यापार घाटा


GDP नेपाल
   ९ फाल्गुन २०८०, बुधबार


पछिल्लो सात महिनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरणअनुसार ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशतले घटेको हो । गत वर्ष ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

त्यस्तै, पछिल्लो सात महिनामा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको सात महिनाको तुलनामा निर्यात पनि ७.०७ प्रतिशतले घटेको हो । गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह