Logo

कर्पोरेट-बजार

हस्तकला उद्योगको प्रवर्द्धन गर्न प्रयासरत रहने नवनियुक्त राजदूत पौड्यालको प्रतिबद्धता


GDP नेपाल
   ११ फाल्गुन २०८०, शुक्रबार


क्यानाडाका लागि नवनियुक्त राजदूत भरत राज पौड्यालको सम्मानमा नेपाल हस्तकला महासंघले एक कार्यक्रमको आयोजना गर्दै स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

उक्त सम्मान कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पौड्यालको कार्यकालमा नेपाली मौलिक कलाको रुपमा रहेको हस्तकला, नेपाली संस्कृति र सम्पदाको प्रचार प्रसार एवं प्रवर्द्धन गर्न र क्यानडाको नेपाली राजदुतावास हस्तकलामुखि बनाउन आग्रह गरे ।

साथै सो कार्यक्रममा नवनियुक्त राजदूत पौड्यालले व्यवसायीहरुले भोगिरहेको समस्याहरुको संबोधन गर्न राजदुतावासबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, व्यवसायीहरुले भोगी रहेका समस्याहरुलाई नेपाल सरकारबाट नीतिगत रुपमा नै समाधान गर्न सके निर्यातकर्ता व्यवसायीहरुलाई क्यानडा मात्र नभई अन्य देशहरुमा पनि निकासी प्रवर्द्धन गर्न सहज हुने पौड्यालले बताए ।

उनले सो अवसरमा नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न हस्तकला वस्तुहरुको आकर्षक तथा गुणस्तरिय प्याकेजिंग, लेबलिंग तथा प्रवर्धनात्मक श्रब्य दृष्य सामग्रीहरुले धेरै मद्दत पुर्‍याउने हुँदा नेपाल हस्तकला महासंघले यस बारेमा आवश्यक कार्य गर्नु पर्ने कुरामा जोड दिए । पौड्यालले क्यानडाको लागि नेपाली राजदुतावास सदैव नेपाल हस्तकला महासंघसंग जोडिदै हस्तकला उद्योग व्यवसायको प्रवर्द्धन गर्न प्रयासरत रहने प्रतिबद्धता समेत जाहेर गरे ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह