काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया