Logo

अर्थनीति

पूर्वी नाकाबाट तीन अर्ब ६९ करोड बढीको कृषिउपज निकासी


GDP नेपाल
   ११ फाल्गुन २०८०, शुक्रबार


विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ । झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बंगलादेशलगायत मुलुकका लागि निकासी भएका हुन् । उल्लेखित परिमाणमध्ये सबैभन्दा बढी चिया निकासी भएको तत्यांक छ । कात्तिकदेखि पुससम्मको अवधिमा एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

यसबाहेक अलैँची, अम्लिसो, प्लाइउड र अदुवाजस्ता सामग्री निकासी भएको हो । यो अवधिमा ९८ करोड ९६ लाखभन्दा बढीको अलैँची निकासी भएको छ भने ५३ करोड १२ लाख ६५ हजारको १५ हजार मेट्रिक टनभन्दा बढी प्लाइउड निकासी भएको छ ।

यसैगरी, ३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिकटन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो निकासी भएको तथ्यांक छ । यस्तै, एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिकटन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिकटन बन्दाकोभी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको उक्त कार्यालयले जनाएको छ ।

जडिबुटी निकासी पनि उल्लेख्य देखिएको छ । उक्त अवधिमा ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पिपला, दुई लाख ९५ हजारको अढाइ मेट्रिक टन अमला निकासी भएको छ ।

यसैगरी, दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिटो, एक लाख ९८ हजारको दुई मेट्रिकटन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिकटन धूपी, ६ लाख ९० हजार ६ मेट्रिकटन पदमचाल र ३९ हजारको एक मेट्रिकटन चुत्रो निर्यात भएको क्वारेन्टिाइन कार्यालयले जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह