Logo

मुख्य समाचार

सुपर त्रिशूली हाइड्रोपावरको अनुमति लिने-दिने दुवै प्रश्नको घेरामा छन्: स्वर्णिम वाग्ले


GDP नेपाल
   १३ फाल्गुन २०८०, आइतबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित एकसय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको राफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए ।

सांसद वाग्लेले भने, ‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशिल खण्ड पनि हो । त्यहाँ एकसय मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ । यसले राफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय उत्पन्न भएको छ । इआइए पनि राम्ररी नगरिएको गुनासो छ । आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरु प्रश्नको घेरामा छन् ।’

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह