Logo

अर्थनीति

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन


GDP नेपाल
   १३ फाल्गुन २०८०, आइतबार


काठमाडौं । मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो ।

पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलबाट पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो ।

तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो । लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा पीडितका तर्फबाट पाँच सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह