प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्ति भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साविकको प्रभु लाइफको सिइओ समेत बनिसकेका प्रसाई प्रभु महालक्ष्मीमा भने बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । प्रसाई साविकको प्रभु लाइफको पनि सिइओ हुन् । उनीले नेपाल लाइफको सिईओको भुमिकामा पनि काम गरिसकेका छन् ।
प्रतिक्रिया