काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको पाम आयल निकासी भएको छ ।
भारतले भन्सार शून्य गराएसँगै नेपालबाट दुई वर्षदेखि पाम आयल निकासी घटेको छ । जसका कारण चालू आवको सात महिनाामा ७४.२ प्रतिशतले पाम आयल निकासी घटेको छ ।
अघिल्लो आर्थिक वर्षको माघसम्म भने १३ अर्ब ९२ करोड र आवभरीमा २० अर्ब ५० करोडको पाम आयल निकासी भएको तथ्यांक छ ।
मुलुकको निकासी व्यापारमा पाम आयलको हिस्सा ४.१४ प्रतिशत अर्थात नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया