Logo

मुख्य समाचार

रमेश खरेलद्वारा रास्वपा सभापति रवि लामिछानेलाई ‘विवादित मन्त्री’को संज्ञा


gdpnepal
   २७ फाल्गुन २०८०, आइतबार


काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले रास्वपा सभापति रवि लामिछानेलाई विवादित मन्त्रीको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा टिप्पणी लेख्दै खरेलले भनेका छन्ः कांग्रेसले रास्वपाका विवादित मन्त्री रविको राजीनामा मागेर संसद् चल्न नदिने भएछ।

यसअघि रास्वपाबाटै उपनिर्वाचन लडेर पराजीत भएका खरेल हाल सञ्चारकर्ममा व्यस्त छन् । रास्वपामा उनी सक्रिय छैनन् ।

खरेलले लेखेका छन्ः

एमालेले विवादित कांग्रेसका मन्त्रीको राजीनामा मागेर संसद् चल्न दिएन। एमालेसँग काँध जोडेर रास्वपाले होमा हो मिलायो।कांग्रेसले रास्वपाका विवादित मन्त्री रविको राजीनामा मागेर संसद् चल्न नदिने भएछ। संसद्को हालत के होला रु चासो र मुद्दाको के हबिगत होला ? कठै यिनीहरूको सत्ताको छट्पटी !

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह