Logo

मुख्य समाचार

राष्ट्रियसभामा ज्ञानेन्द्र शासनको पुनरावृत्ति: मनोनित मोहसिनपछि मनोनित दाहाल अध्यक्ष बन्दै


gdpnepal
   २७ फाल्गुन २०८०, आइतबार


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई बनाउने सत्तारूढ माओवादी केन्द्रको निर्णयले तत्कालीन शाही शासनको झल्को दिएको छ ।

शाही शासनमा कांग्रेस एमाले झगडाको फाइदा उठाउँदै राजाबाट मनोनित डा। मोहम्मद मोहसिन अध्यक्ष निर्वाचित भएका थिए भने माओवादीले अध्यक्ष बनाउन लागेका नारायण दाहालको पनि हैसियत मनोनित हो ।

माओवादी अध्यक्ष प्रचन्डका भाइ नारायणलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

देउवा सरकारको सिफारिसमा मनोनित दाहाल र मोहसिनको हैसियत उही हो।

राष्ट्रपतिले विज्ञमध्येबाट मनोनीत गर्नुपर्ने कोटाको दुरुपयोग गर्दै दाहाल मनोनीत भएका हुन् ।

मोहसिन विज्ञ र अल्पसंख्यक भए पनि दाहाल नातागोता भएकै कारण अवसर पाएका हुन् ।

मोहसिनको निधन भइसकेको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह