Logo

अर्थनीति

पूँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले तीन निकायसँग माग्यो सुझाव


GDP नेपाल
   २८ फाल्गुन २०८०, सोमबार


अर्थ मन्त्रालयले पूँजी बजारमा देखिएका समस्या र तिनको समाधानका लागि नियामक निकायहरुसँग सुझाव मागेको छ ।

मन्त्रालयले पूँजीबजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग सुझाव माग गरेको हो ।

यी तीन निकायहरुले ७ दिनभित्र कार्ययोजना पेश गर्नुपर्ने छ ।

‘पुँजी बजारको विकास र विस्तारको लागि तत्काल गर्नुपर्ने कामहश्रको सम्बन्धमा सम्बन्धित सरोकारवालाको राय समेत लिई ७ दिनभित्र कार्य योजना पेश गर्नुपर्छ’ पत्रमा उल्लेख छ ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह