काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा उक्त जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी दश अर्ब रुपैया हुनेछ । यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले वताए ।
ढकालका अनुसार केन्द्रमा एक र हरेक प्रदेशमा सात गरी ८ वटा लगानी कम्पनी स्थापना हुनेछन् ।
गत साता सम्पन्न महासंघ कार्यकारिणी समिति बैठकबाट यससम्बन्धी निर्णय पारित भइसकेको छ ।
एफएनसीसीआई इन्भेष्टमेन्ट कम्पनीले जलविद्युत्, पर्यटन, उत्पादनमुलक लगायत सरकारकै पनि कतिपय आयोजनामा लगानी गर्ने भएको छ ।
चैत २८ मा हुने महासंघको साधारणसभा अगावै इन्भेष्टमेन्ट कम्पनी स्थापनासम्बन्धी अवधारणालाई एक तहसम्म पु¥याउने महासंघको तयारी छ ।
महासंघले केन्द्रको लगानीका कम्पनीका लागि प्रति लगानीकर्ता १० लाख र प्रदेशको कम्पनीका लागि २ लाख रुपैयाँ न्युनतम लगानीको शर्त तोकेको छ ।
प्रतिक्रिया