Logo

मुख्य समाचार

कांग्रेसनिकट प्रदेश प्रमुख हटाइए, नियुक्तिमा एमालेको एकलौटी, रास्वपा र जसपा हिस्स !


gdpnepal
   २८ फाल्गुन २०८०, सोमबार


काठमाडौं । नयाँ गठबन्धनले प्रदेश प्रमुख हटाएर भागबन्डाको राजनीति सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।

मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको छ ।

भण्डारी अनेमसंघ स्थायी कमिटी सदस्य साथै झापा जिल्ला इन्चार्ज हुन् । भट्ट नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य हुन् । यस्तै, मियाँ एमालेको तर्फबाट संविधानसभा सदस्य भएका थिए ।

तीनवटै प्रमुखमा एमालेका कार्यकर्ता नियुक्त हुँदा गठबन्धनका अन्य दलले भने प्रदेश प्रमुखमा भाग पाएनन् ।

यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका थिए । उनीहरु कांग्रेस निकट मानिन्छन् ।

केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेशमा नयाँ सरकार गठनको सकस परिरहेका बेला नयाँ गठबन्धनलाई असहयोग गर्ने आशंकामा उनीहरु हटाइएका हुन् ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह