Logo

मुख्य समाचार

राष्ट्रियसभाका अध्यक्षमा स्वतन्त्र हैसियतका सांसद प्रचण्डका भाइ नारायण दाहाल विजयी


gdpnepal
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी राष्ट्रपतिबाट मनोनित स्वतन्त्र सांसद हुन् ।

दाहाल विजयीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलबारको बैठकमा बहुमतले पारित भएको हो । ५६ सांसद सहभागी बैठकमा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको छ ।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका सांसद दाहालो प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामी र समर्थकमा एमाले सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका थिए ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने बहुमत पुर्याउन सकेनन् । उनलाई कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्तावक बसेका थिए भने समर्थकमा कांग्रेसकै किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका थिए ।

५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह