Logo

बिजनेस होम

आर्थिक सुस्तताबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न


gdpnepal
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य बस्तुहरु, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका छन ।

एक्स्पो मार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपुर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ । कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ । चेम्बरले प्रत्येक बर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ ।

अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तराष्ट्रिय बस्तुको फिर्ती प्रक्रीयालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।

 

 

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह